शुक्रबार, फागुन ११, २०८०

सुरक्षा कारबाहीमा छ जना मारिए

नेपालखोज २०८० असोज ६ गते १४:४३

रियो दि जेनेरो । ब्राजिलमा प्रहरीले गरेको सुरक्षा कारबाहीमा ६ जना मारिएका छन् । ब्राजिल प्रहरीले साल्भाडोरमा गरेको कारबाहीमा छ जना संदिग्धको मारिएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

झण्डै ३० लाख जनसङ्ख्या भएको साल्भाडोर बाहिया राज्यको राजधानी हो । आपराधिक समूहले यो महिना ३० जनाभन्दा बढीको हत्या गरेपछि उक्त समूहविरुद्ध गरिएको कारबाहीमा उनीहरू मारिएका हुन् । आपराधिक गिरोहले हालसम्म ३४ जनाको हत्या गरिसकेका सुरक्षा अधिकारीहरूले बताएका छन् ।

शुक्रबार गरिएको सुरक्षा कारबाहीमा सर्वसाधारणको हत्यामा संलग्न केही मारिएका जनाउँदै प्रहरीले हत्यामा संलग्न गिरोहका ४३ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरिएको बताएको छ ।

बाहियाका अधिकांश नगरहरूमा आपराधिक गिरोहले हतियार तथा लागुऔषध तस्करी गर्ने तथा स्थानीयलाई आक्रणको निशाना बनाउँदै आएकोछ । ठूला आपाराधिक गुटलाई नियन्त्रण गर्न प्रहरीले पनि नियमित रुपमा कारबाही गर्दै आएको छ ।

प्रतिक्रिया