शनिबार, फागुन १२, २०८०

इतिहासमा आजको दिन

नेपालखोज २०८० असोज ६ गते १५:०५

१७ वर्ष अगाडि आज कै दिन २०६३ सालमा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा चर्चित संरक्षणविद डा. हर्क गुरुङका साथ २४ जना स्वदेशी र बिदेशी महत्वपूर्ण ब्यक्तित्वहरुलाई गुमाएका थियौ ।

सो दुर्घटनामा तत्कालीन वनमन्त्री गोपाल राई, तथा श्रीमती मीना राई, युएसएड नेपालकी मिशन उपप्रमुख मार्गरेट अलेक्जेन्डर, फिनल्यान्ड दूतावासका निमित्त राजदूत पौली मस्टनन, नेपालका चर्चित संरक्षणविद डा. हर्क गुरुङ, विश्व वन्यजन्तु कोषका डा. जील बोलिङ, डा. चन्द्र प्रसाद गुरुङ, जेनिफर हेडली, श्रीमती येशी छोडेन लामा, माथ्यु प्रिस, मिङ्मा नोर्वु शेर्पा, वन तथा भूसंरक्षण मन्त्रालयका कामू सचिव डा. दामोदर प्रसाद पराजुली, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण बिभागका महानिर्देशक नारायण प्रसाद पौडेल, वन बिभागका महानिर्देशक शरद कुमार राई, संरक्षणविद डा. तीर्थमान मास्के, डा. विज्ञान आचार्य, विजय श्रेष्ठ, दावा छिरिङ शेर्पा, हेमराज भण्डारी (नेपाल टेलिभिजन), सुनिल सिंह (नेपाल टेलिभिजन) लगायत हेलिकोप्टरका पाइलट क्या. क्लिम किम, क्या. मिङमा शेर्पा, फ्लाइट इञ्जिनियर भ्यालेरी साफ्रोनोभ तथा गुरुवर तन्डुल गरि २४ जना नेपाली र विदेशीले जीवन गुमाउनु परेको थियो ।

कन्चनजंघा क्षेत्र वरपरको पार्क व्यवस्थापन नेपाल सरकारको तर्फबाट स्थानीयबासीलाई हस्तान्तरण गरेर फर्किंदै गरेको सो टोली उक्त दु:खद दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया