शनिबार, फागुन १२, २०८०

‘पर्यावरण र जलचरका लागि उपयोगी सिमसार’

नेपालखोज २०८० असोज ८ गते ६:२७

काठमाडौं । विश्व सिमसार दिवस आज (बुधबार) नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । ‘मानिस र प्रकृतिका लागि सिमसार कार्य’ भन्ने नाराका साथ दिवस मनाइँदै गरेको हो । पानी भएको दलदले, धापिलो वा ओसिलो ठाउँलाई सिमसार भन्ने गरिएको छ । नेपालमा ताल-तलैया, नदी किनार र धानखेतलगायत भएको सिमसार क्षेत्र ठूलो क्षेत्रफलमा फैलिएको छ ।

हाल विश्व सिमसार सूचीमा नेपालका १० वटा सिमसार सूचीकृत छन् । नेपालमा ठूला-साना गरी झन्डै चार हजार सिमासार क्षेत्र रहेको सरकारी अध्ययनको तथ्यांक छ । सिमसार लोप हुँदा जैविक विविधताको घर पनि नष्ट हुने र वातावरणमा खलल पुग्ने सिमसार विज्ञहरू बताउँछन् ।

पर्यावरण, जलचर, औषधि र कुन्दमूलका लागि सिमसार उपयोगी क्षेत्रका रूपमा लिइन्छ । सिमसारको माध्यमबाट बाढी, पहिरो, अतिवृष्टि र अनावृष्टिलाई प्राकृतिक सुरक्षा दिन टेवा पुग्ने गर्छ ।

प्रतिक्रिया