नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट

नेपालखोज २०८० असोज ८ गते ७:२४

काठमाडाैं । नेकपा एमाले वाग्मती प्रदेशको अधिवेशन आजबाट सुरु हुँदै छ । काठमाडौंको भृकुटी मण्डपमा हुने अधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने छन् ।

सहमतिमा नेतृत्व चयनका लागि छलफल चलिरहेको छ । तर अध्यक्षमा आकांक्षीको संख्या धेरै देखिएपछि  सहमतिको सम्भावना कम हुँदै गएको छ । यद्यपि, सहमतिमा नेतृत्व खोेज्न छलफल जारी रहेको नेताहरूले बताएका छन् । 

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट ११३८ प्रतिनिधि छनोट भएर आइसकेका छन् । यदि ५ प्रतिशत प्रतिनिधि थप भएको अवस्थामा थप २५ जना प्रतिनिधि आजै छनोट हुने जनाइएको छ ।

प्रतिक्रिया