एकै वर्ष १६२ ठेकेदार कालोसूचीमा
नेपालखोज
२०८० असोज ८ गते १८:४४

काठमाडौं । सरकारले एकै वर्षमा १६२ वटा ठेकेदारलाई कालोसूचीमा राखेको छ । गत आर्थिक वर्ष २०७९/८०मा सार्वजनिक खरिद अनुगमन कार्यालयले १५०भन्दा बढी ठेकेदार कम्पनीहरुलाई कालोसूचीमा राखेको हो ।
एकै वर्षमा यति धेरै बोलपत्रदाता, प्रस्तावदाता, परामर्शदाता, सेवाप्रदायक, आपूर्तिकर्ता, निर्माण व्यवसायी वा अन्य व्यक्ति, फर्म, संस्था वा कम्पनीहरु कालोसूचीमा परेको इतिहासमै पहिलो हो ।
यसअघि आर्थिक वर्ष २०७७/७८मा १०४ वटा ठेकेदार कम्पनीहरु कालोसूचीमा परेका थिए ।
सम्बन्धित
प्रतिक्रिया