यस वर्षको दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाइने
नेपालखोज
२०८० असोज ९ गते २१:०९

काठमाडौं । यस वर्षको दसैँमा नयाँ नोट क्यूआरमार्फत नै साट्न पाइने भएको छ । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्राथमिकता दिने लक्ष्यका साथ क्यूआरमार्फत नयाँ नोट साट्न पाउने व्यवस्था गर्ने भएको हो ।
नयाँ नोट साट्न आउनेले यो वर्ष आफूले नोट नबोकी आउँदा पनि हुने राष्ट्र बैंकका कार्यकारी निर्देशक नरेश शाक्यले बताए । नयाँ नोट आवश्यक पर्ने जो कोहीले क्यूआरमार्फत भुक्तानी गरेर राष्ट्र बैंकबाट नयाँ नोट लिन सक्ने उनको भनाइ छ ।
सम्बन्धित
प्रतिक्रिया