इन्द्रजात्रा अवलोकनका लागि विदेशी पाहुना काठमाडौंमा

काठमाडौं । उपत्यकाको चिरारीसँग जोडिएको इन्द्रजात्रा अवलोकनका लागि स्वदेशी तथा विदेशी पाहुना काठमाडौं आइसकेका छन् । ऐतिहासिक इन्द्रजात्रा आज वसन्तपुरमा इन्द्रध्वजसहितको लिङ्गो ठड्याएर विधिवतरुपमा सुरुआत भइसकेको छ ।
यस वर्षको इन्द्रजात्रामा २० विदेशी पाहुनासहित भगेनी सम्बन्ध स्थापित भएका स्थानीय तहका प्रमुख सहभागी हुनुभएको छ । चीन, अमेरिका र कोरियाका केही सहरका प्रमुख नेपाल आइसकेको कामपाको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।
जात्राको गरिमालाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले महानगरले २०७६ सालदेखि भगिनी सम्बन्ध स्थापना भएका नगरपालिकाबाट पाहुना बोलाउन थालेको हो ।
भाद्र शुक्लपक्ष द्वादशीका दिन वसन्तपुरको हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइएपछि प्रारम्भ हुने इन्द्रजात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।

प्रतिक्रिया