शनिबार, जेठ ५, २०८१

१८ अंकले घट्दा एक अर्ब ८१ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज १० गते १५:३५

काठमाडौं । अघिल्लो दिन दोहोरो अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार पुन घटेको छ । अघिल्लो दिन १८ दशमलव ४५ अंकले बढेको नेप्से आज १८ दशमलव ६० अंकले घटेर दुई हजार चार दशमलव ३० अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव २९ अंकले घटेर तीन सय ८२ दशमलव ९४ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८२ वटा कम्पनीहरुको ५८ हजार तीन सय ६७ पटकको कारोबारमा ७० लाख ६१ हजार चार सय चार कित्ता सेयर खरिद बिक्री भएका छन् । सोही आधारमा आज कुल कारोबार रकम एक अर्ब ८१ करोड ४३ लाख ५९ हजार २२ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । जसमध्ये वाणिज्य बैंक समुहको सुुचक सात दशमलव ६७ अंकले घटेर १२ सय ५२ दशमलव ७८ अंकमा पुगेको छ भने बिकास बैंक समुहको सुचक पनि ५३ दशमलव ५८ अंकले घटेर तीन हजार आठ सय १८ दशमलव ७७ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २५ दशमलव ४६ अंकले घटेर १७ सय ६० दशमलव ५२ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ३३ दशमलव ५८ अंकले घटेर २१ सय ९० अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ८८ दशमलव ९१ अंकले घटेर १० हजार सात सय ५८ दशमलव ३२ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुुचक पनि एक सय दशमलव ६८ अंकले घटेर १० हजार पाँच सय १२ दशमलव २३ अंकमा पुगेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ४८ दशमलव शुन्य दुई, शुन्य दशमलव ८५, २६ दशमलव ५९, २९ दशमलव शुन्य एक, शुन्य दशमलव शुन्य दुई, २० दशमलव ६८ र १४ दशमलव ४८ अंकले घटेका छन् ।

नेप्सेमा आज मेन्छियाम हाईड्रो पावर कम्पनीको प्र्रतिकित्ता सेयर मुल्य नौं दशमलव ९० प्रतिशतले बढेर दुई सय ७२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा लक्ष्मी भ्यालु फण्ड २ को प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले घटेर आठ रुपैंयाँ ६५ पैसामा सेयर कारोबार भएको छ ।

यसैगरी सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता चार सय ८१ रुपैंयाँ अन्तिम मुल्यमा सात करोड ६२ लाख २३ हजार सात सय ३२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया