गोकुल बास्कोटाले लेखा समिति बैठकमा चिनी घोलेर देखाए
नेपालखोज
२०८० असोज १० गते २१:५६

काठमाडौं । सांसदहरुले नेपालमा प्रयोगमा रहेको चिनीको गुणस्तरमाथि प्रश्न उठाएका छन् ।
बिहीबार प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिमा समितिमा आगामी एजेण्डाबारे छलफल थियो जसमा भाग लिने अधिकांश सांसदले नेपालमा गुणस्तरहीन चिनी आयात र उपभोग भइराखेको बताए ।
बैठकको सुरुमै बोलेका नेकपा एमालेका सांसद गोकुलप्रसाद बास्कोटाले नेपालमा निर्वाध रुपमा अखाद्य चिनी बिक्री वितरण भइरहेको दाबी गरे ।
सांसद बास्कोटाले बैठकमा आउँदा चिनी नै लिएर आएका थिए । सामान्य तरिकाले समेत परीक्षण गर्न सक्ने भन्दै उनले थोरै चिनी तातो पानीमा मिसाए । चिनी मिसिएको पानी अर्कोमा खन्याउँदा गिलासको पिँधमा गिर्खाहरु देखिए ।
सम्बन्धित
प्रतिक्रिया