बिहीबार, असार १२, २०८२

एमालेकाे कोशी अधिवेसन आजबाट

नेपालखोज २०८० असोज १२ गते ८:०७

विराटनगर । नेकपा एमालेकाे कोशी अधिवेसन आजबाट सुरु हुँदै छ । आजबाट सुरु हुने कोशी प्रदेश अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्दैछन् ।

आज र भोलिसम्म चल्ने भनिएको कोशीमा अधिवेशनको उद्घाटन सत्रमा पार्टी अध्यक्ष ओलीसहित पार्टी पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय नेताहरूको पनि सहभागीता रहनेछ ।

आजदेखि सुरु हुने अधिवेशनमा काेशी प्रदेशका १३७ पालिकाका प्रतिनिधि, २३ जनवर्गीय संगठन, दलित, मजदुरसमेत गरी १०४७ प्रतिनिधि र पर्यवेक्षक सहभागी हुने जनाइएको छ । सो अधिवेशनले ५ जना पदाधिकारीसहित २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

प्रतिक्रिया