शनिबार, जेठ ५, २०८१

सातामा सात अर्ब ८० करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज १२ गते ११:२१

काठमाडौं । यो साता नेप्से दुई हजार चार दशमलव ३० अंकमा सीमित भएको छ । यसै गरी सेन्सिटिभ इन्डेक्स पनि तीन सय ८२ दशमलव ९४ अंकमा सीमित भएको छ ।

सातामा दुई सय ८६ वटा कम्पनीहरूको दुई लाख ९६ हजार चार सय १४ पटकको कारोबारमा तीन करोड १२ लाख ८५ हजार आठ सय २८ कित्ता शेयर खरिद बिक्री भएका छन् । जसबाट यो साता कुल कारोबार रकम सात अर्ब ८० करोड छ लाख ३७ हजार दुई सय १८ रुपैयाँ कायम भएको छ । यो कारोबार रकम गत साताको भन्दा केही बढी हो ।

गत नेप्सेमा दुुई सय ७८ वटा कम्पनीहरुको दुई लाख ८४ हजार एक सय ५६ पटकको कारोबारमा दुई करोड ४१ लाख ३४ हजार छ सय २५ कित्ता शेयर खरिद–बिक्री भएको थियो । जसबाट उक्त साता सात अर्ब ३६ करोड ९५ लाख ११ हजार आठ सय ९३ रुपैंयाँ ५८ पैसाको सेयर किनबेच भएको थियो ।

नेप्से यो साता चार कार्य दिन मात्र खुल्ला रहेकोमा पहिलो, दोस्रो र चौंथो दिन घटेको थियो भने तेस्रो दिन बढेको थियो । पाँचौं कार्य दिन भने इन्द्रजात्राको अवसरमा बिदा परेकाकारण नेप्से बन्द रहेको थियो ।

यो साता पहिलो दिन १९ दशमलव ४२ अंकले घटेर दुई हजार १० दशमलव ३५ अंकमा सिमित हुन पुगेको नेप्से चौंथो दिन १८ दशमलव ६० अंकले घटेपछि दुई हजार चार दशमलव ३० अंकमा खुम्चिन पुगेको थियो ।

यसैगरी पहिलो दिन तीन दशमलव १० अंकले घटेर तीन सय ८५ दशमलव ६२ अंंकमा सिमित भएको सेन्सिटिभ इन्डेक्स चौथो दिन तीन दशमलव २९ अंकले घटेर तीन सय ८२ दशमलव ९४ अंकमा खुम्चिन पुगेको थियो । यि बाहेकका दिनहरुमा तेस्रो दिन यि दुबै सुचक बढेपनि बाँकी दिनहरुमा भने यि दुबै सुचक घटेका थिए ।

कारोबार भएका कुल कम्पनीहरु मध्ये यो साता एनआईसी एशिया बैंक, हिमालयन डिष्ट्रिलरी प्रालि, शिवम सिमेन्ट, सोल्टी होटल आदिको बढी रकम कारोबार हुुँदा शिवम सिमेन्ट, नबिल बैंक आदिको बढी संख्यामा सेयर किनबेच भएका छन् । बजार पुंजीकरणको आधारमा भने यो साता नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी अगाडि देखिएका छन् ।

प्रतिक्रिया