सोमबार, वैशाख २४, २०८१

पढ्नलाई उमेरले छेक्दैन

रुपनी जिएम २०८० असोज १२ गते १४:२७

जानकी (बाँके) । वरिपरि सानासाना नानीहरू, तिनै नानीहरूको बीचमा बसेर क, ख, ग र १, २, ३ सिक्दै गरेकी दुजीकुमारी ओली । उमेरले उनी ५० वर्ष नाघिसकेकी छिन् । हेर्दा लाग्छ, उनी ती नानीबाबुलाई सिकाउने शिक्षिका हुन् । तर उनी शिक्षिका नभई नातिनातिना उमेरका तिनै साना नानीहरूसँगै बसेर वर्णमाला र अङ्कगणित सिक्ने कक्षा १ को विद्यार्थी हुन् ।

दुजी ओली यतिबेला बाँकेको कोहलपुरस्थित ज्ञानज्योति माध्यामिक विद्यालयमा कक्षा १ मा पढिरहेकी छिन् । उमेरले ५१ वर्ष पुगीसकेकी दुजीकुमारीलाई उनका नातिले पढ्नका लागि हौसाएको बताइन् । ‘नातिलाई विद्यालयको गृहकार्य गर्न लगाउँदा तपाईँलाई एक, दुई, तीन त आउँदैन, मलाई के पढ भन्छन् भनेर जवाफ फर्काएपछि सिक्नकै लागि स्कुल भर्ना भएँ’, दुजी भनिन् ।

बाँकेको कोहलपुर नगरपालिका–११ सैनिकटोलकी दुजीलाई छ वर्षको नातिले लगाएको बचनले स्कुलको कक्षा कोठासम्म पुर्याएको उनको भनाइ छ । ‘मलाई पढ्न मन त पहिलादेखि नै थियो तर त्यो दिन नातिले त्यसो नभनेको भए म अझै पनि घरधन्दामै अल्झिरहन्थे होला’, उनले भनिन् ।

आफ्नो सहपाठी आफ्नै उमेर समूहको नभई नातिनातिनी उमेरको हुँदा नजानेको कुरा सोधेर सिक्नलाई सजिलो भएको दुजी बताइन् । ‘मलाई धेरै कुरा आउँदैन । नजानेको कुरा सिक्नलाई साना उमेर भएका यिनै साथीहरूले राम्ररी सिकाउँछन्’, उनले भनिन्, ‘ठूलालाई नजानेको कुरा सोध्न लाज लाग्छ तर सानाबाट नजानेको कुरा सिक्न लाज नलाग्ने रहेछ’, उनले भनिन्, ‘मेरा साथीहरू साना उमेरका भएको हुनाले नै मैले छोटो समयमा धेरै कुरा सिकेको छु ।’

पच्चीस वर्षदेखि एकल महिला भएर छोराछोरीको जिम्मेवारी पूरा गर्दै आएकी दुजीकुमारीले अहिले पनि घरको काम सकेर स्कुल आउने जाने गछिन् । कक्षा १२ सम्मको पढाइ पूरा गरेर कम्प्युटर सिक्ने इच्छा भएको उनले बताइन् । सुरुमा पढ्नलाई छोराले आनाकानी गरे पनि अहिले भने साथ दिएको र बेला–बेला सिकाउने गरेको पनि उनले बताइन् ।

उनले अहिले बाह्रखरी अक्षर चिन्नुका साथै अङ्कहरू मज्जाले लेख्न र पढ्न सक्छिन् । इकार र आकारका मात्राहरू सिक्न र आधा अक्षरहरू चिन्न बाँकी रहेको उनले बताइन् । स्कुल पढ्न गएदेखि आफूले जानेको कुरा अरुलाई सुनाउन पाउँदा पनि खुसी लागेको उनको भनाइ छ ।

शिक्षिका गीता श्रेष्ठले पनि पढाएको कुरालाई छिट्टै बुझ्ने र सिक्ने क्षमता भएको हुनाले दुजीले कक्षा १ राम्रै अङ्क लिएर पास गर्ने बताइन् । कक्षामा उनी शिक्षकले पढाएको मज्जाले बुझ्निन् । दिएको गृहकार्य पनि सबै गरेर आउन्छन् । अक्षर पनि निकै सफा छ उनको । दश वर्षमा एसइई परीक्षा उत्तीर्ण गर्ने उनको जीवनको एउटै धोको छ ।

‘स्कुल गएर पढ्छुभन्दा सुरुमा त जिस्किएको होला भन्न ठान्नुभएको रहेछ उनले, तर मैले साँच्चै नै म स्कुल गएर पढ्न चाहन्छु भन्दा उनले पढ्ने इच्छा नै भएको हो भने बीचैमा पढाइ छाड्न पाउँदिनौं नि भनेर पढ्नलाई अनुमति दिए’, खुसीको आँशु छछल्क्याउँदै प्रेमकुमारीले श्रीमान्ले पढ्नलाई अनुमति दिएको कुरा सुनाए ।

प्रेमकुमारीको भनाइअनुसार श्रीमान् जनकबहादुरको दिनचर्या हिजोआज श्रीमतीलाई स्कुल जान ढिला हुुन्छ कि भनेर घडी हेर्ने र बेलुका घर फर्कने समय कुर्दैमा बित्ने गर्दछ । ‘बुढेसकालमै भए पनि श्रीमान्ले स्कुल जाने समय सम्झाए । अनि म स्कुलबाट घर कतिबेला आउँछु भनेर कुरी बस्छन् उनले भने, ‘बुढेसकालमै भए पनि श्रीमान्ले मेरो पढाइका लागि दिएका ऊर्जा र सहयोगप्रति म निकै नै खुसी छु, प्रेमकुमारीलाई आँखाले साथ दिँदासम्म पढ्ने रहर छ ।’

प्रेमकुमारीजस्तै सोही कक्षामा पढ्नुहुन्छ हरिकला नेपाली पनि । उनले उमेरले ३६ वर्षको भएका छन् । एक छोरीकी आमा हरिकलालाई पढ्ने रहर हुँदाहुँदै पनि उमेरले तीन दशक नाघिसकेको हुनाले स्कुलमा गएर पढ्न अप्ठ्यारो बनाइरहेको बताए । उनका अनुसार प्रेमकुमारी गिरीलाई स्कुलको लुगा लगाएर किताब बोक्दै हिँडेको कुराले पढ्नका लागि उनलाई हौसला दिएको बताए ।

‘पढ्ने एकदमै रहर थियो तर ३६ वर्षकी भइसकेकी थिएँ । स्कुल गएर पढ्न लाज लगिरहेको बेला मैले प्रेमकुमारी दिदीलाई किताब बोकेर स्कुल जानेआउने गरेको देखेँ । उनलाई देखेर नै मलाई पनि स्कुलमा आएर पढ्ने हिम्मत मिलेको हो, हरिकलाले भने, ‘छुटेको पढाइलाई फेरि पूरा गर्न पाएकामा निकै खुसी लागेको छ । कुनै पनि हालतमा एएसइई पास गर्नु छ ।’ हरिकलालाई वैदेशिक रोजगारमा रहेका श्रीमान् नथु गुरुङले पनि पढ्नलाई साथ दिएको उनले बताए ।

पढ्ने रहर मनमा हुँदाहुँदै पनि आफ्नो उमेर समूहको महिला पढ्ने स्कुलको खोजीमा रहेकी हरिकालालाई घर नजिकै स्कुलमा आफूभन्दा पनि बढी उमेर भएका साथीसँगै पढ्न पाएकामा उनलाई अहिले लाज हराएको बताए । हरिकलाले आफ्नो प्रेरणाको स्रोतको रूपमा प्रेमकुमारी गिरी र खगीसरा खाणलाई माने । आफूभन्दा उमेरमा दोब्बर भए पनि एउटै उमेर समूहजस्तै लाग्छ हरिकलालाई सहपाठीद्वय प्रेमकुमारी गिरी र खगिसरा खाण ।

ज्ञानज्योति माविको कक्षा ६ मा ७७ विद्यार्थी छन् । ती ७७ विद्यार्थीमध्येका आमा विद्यार्थी हुन् प्रेमकुमारी, हरिकला र खगिसरा । विद्यालयका प्रधानाध्यापक गोविन्द ढकालले बिरामी हुँदाबाहेक नियमितरूपमा उनीहरू स्कुल आउने गरेको बताए । उनले भने, ‘पढ्ने इच्छा भएकालाई हामीले उमेरकै कारण देखाएर रोक्न मिल्दैन ।

लामो समयसम्मको पढाइ छुटेकाले सिकाइस्तर भने सामान्य रहे पनि पास गर्न सक्छन् भन्ने लागेर नै उहाँहरूलाई भर्ना गरेका हौँ ।’ सो विद्यालयमा पाँच सय ६८ विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया