सोमबार, वैशाख २४, २०८१

राहतका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने

नेपालखोज २०८० असोज १२ गते १७:०४

काठमाडौं । राहतका शिक्षकहरुलाई आन्तरिक प्रतिस्पर्धामा भिड्न उमेरहद नलाग्ने भएको छ । आन्दोलनरत राहतका शिक्षकहरु र शिक्षा मन्त्रालयबीच आज भएको ५ बुँदे सहमतिमा यस्तो निर्णय गरिएको हो ।

राहत शिक्षक संयुक्त आन्दोलन परिचालन समितिले विभिन्न मागहरु राखेर आन्दोलन जारी राखेका थिए । मन्त्रालयले राहतका शिक्षक बालविकासमा कार्यरत बालसहजकर्ता, विद्यालयमा कार्यरत कर्मचारी , साविक उच्च माध्यमिक विद्यालयमा नियुक्त भई कार्यरत शिक्षकहरु, निवृत्त बञ्चित शिक्षक समुह स्थायी शिक्षक र स्थायी शिक्षक हक हितमञ्चले राखेको मागहरु सम्बोधन गर्दै मन्त्रालयले सहमति गरेको हो ।

प्रतिक्रिया