सोह्र श्राद्धमा के गर्ने के नगर्ने ?

भनिन्छ, पितृपक्षमा श्राद्ध तथा तर्पण गर्नाले पितृहरु प्रसन्न हुन्छन् र हामीलाई आशीर्वाद प्रदान गर्छन् । उनीहरुको कृपाले जीवनमा आउने हरेक प्रकारका कठिनाइहरु हट्दै जान्छन् भने विभिन्न प्रकारका समस्याबाट समेत मुक्ति मिल्छ ।
हिन्दू पञ्चाङका अनुसार यो वर्षको पितृपक्ष असोज १२ गते शुक्रवार प्रारम्भ भैसकेको छ । यहि दिनदेखि १६ दिनसम्म सम्पूर्ण हिन्दुधर्मालम्बिहरुले आफ्ना पितृहरुका सम्झनामा मृत्यु भएका तिथिमा श्राद्ध गर्ने चलन छ । यी दिनहरुमा पितृको सम्झनामा श्राद्ध गर्नुका साथै विभिन्न कुराहरु दान दिइन्छ जसको छुट्टै महत्व छ । पितृको नाममा गरिएका दानले १०० गुणा फल प्राप्त हुनुको साथै आफ्ना पितृको आत्मालाई शान्ति प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ ।
यद्यपि, पितृको नाममा दान दिने भन्दैमा जे पायो त्यहि दान दिनाले फलको प्राप्त हुनुभन्दा पितृदोषको सामना गर्नु पर्ने हुन्छ । त्यसैले पितृको नाममा दान दिँदा यी पाँच कुरामा ध्यान ध्यान दिनु आवश्यक छ ।
तेल
पितृ तिथिमा तेल दान गर्नु हुँदैन । पितृपक्ष ९सोह्र श्राद्ध० मा तेल दान गर्नाले पितृ रिसाउँछन् भन्ने धार्मिक मान्यता छ ।
फलामका भाडा
पितृपक्षमा धेरै मानिसले भाडा दान गर्छन् । यद्यपि यसरि दान गरिने भाडा फलामको हुनु हुँदैन । भनिन्छ फलामको भाडा दान दिनु भनेको पितृलाई आक्रोशित बनाउनु हो ।
कालो कपडा
पितृपक्षमा कालो रंगको कपडा पनि दानमा दिनु हुँदैन । पितृपक्षमा सेतो रंगको कपडा दान दिनुलाई राम्रो मानिन्छ ।
बढी भएको र जुठो भोजन
पितृ पक्षमा अन्न दान गर्नु अति शुभ मानिन्छ । पितृ पक्षमा चोखो र स्वस्थ्यकर भोजन दान गर्नु पर्छ । कसैलाई पनि जुठो र बाकि रहेको भोजन दान गर्नु हुँदैन ।
पुराना पहिरन
पितृपक्षमा पहिरन दान गर्ने हो भने नयाँ पहिरन दान गर्नु पर्छ । पुरानो र काम नलाग्ने लुगा दान दिनु ठिक होइन । यसका साथै जुत्ता–चप्पल पनि दान दिनु हुँदैन । जुत्ता चप्पल दान गर्नाले राहु तथा पितृदोष लाग्छ जसले हाम्रो उन्नतिमा बाधा उत्पन्न हुन्छ ।
के किन्नु हुँदैन ?
सोह्र श्राद्धको अवधिमा विभिन्न कुराहरु गर्न वर्जित छ । यद्यपि हामी जान ( अन्जानमा कतिपय गल्ति गरिरहेका हुन्छौं । तीनै स–साना गल्तिमध्ये यो अवधिमा गरिने किनमेल पनि हो ।
सोह्र श्राद्धको अवधिमा केही कुराहरु किनेर घरमा ल्याउनु हुँदैन भन्ने धार्मिक मान्यता छ । सोह्र श्राद्ध अर्थात पितृ पक्षमा तीन चिज किनेर घरमा ल्याउनु हुँदैन । ती तीन चिज हुन्– सर्स्यूँको तेल, कुच्चो तथा नून ।
सोह्र श्राद्धमा यी तीन कुरा किनेर घरमा ल्याइयो भने घरको आर्थिक स्थिति बिग्रन सक्छ । यदि यी तीन वस्तु सोह्र श्राद्धको अवधिमा किनेर ल्याइयो भने त्यसले पितृ दोष लाग्ने सम्भावना हुन्छ । यस्तो दोष पुस्तौं–पुस्तासम्म रहन सक्छ ।
त्यसैले यी तीन वस्तुहरु कि त सोह्र श्राद्ध प्रारम्भ हुनु भन्दा अघि नै लिइसक्नु पर्छ कि त सोह्रा श्राद्ध सकिएपछि मात्र घरमा भित्राउनु पर्छ ।
यी तीन कुरा किन्नु नै छ भने दान गर्ने उद्देश्यले किन्न सकिन्छ । यो अवधिमा किनिएका यी तीन वस्तु यदि दान दिने हो भने कुनै दोष लाग्दैन ।
प्रतिक्रिया