शनिबार, जेठ ५, २०८१

एनएसएलको खेलाडी अक्सन आज

नेपालखोज २०८० असोज १३ गते ११:०८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) दोस्रो संस्करणको अक्सन शनिबार (आज) हुँदैछ।

खेलाडीको अक्सन होटल हायात प्यालेसमा बिहान १० बजे सुरु हुने आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्ट एन्ड इभेन्ट प्रालिले जनाएको छ। पहिले नै १० टिमको सहभागितामा अक्सन भइसके पनि पटक पटक मिति सरेका कारण फेरि पनि अक्सन हुन लागेको हो।

यसपटक एनएसलमा ९ टोलीले सहभागिता जनाउँदै छन्। विराटनगर सिटी एफसीले सहभागिता नजनाउने भएपछि पहिलो संस्करणमा खेलेका ६ र नयाँ ३ सहित ९ टोलीले आउँदो संस्करणमा खेल्दै छन्।

प्रत्येक टोलीले अक्सन बाहेक छ विदेशी खेलाडीलाई अनुबन्ध गर्न पाउने छन्। त्यसमध्ये एक पटकमा बढीमा ५ खेलाडी मैदानमा उत्रिने पाउने छन्।

पहिलो संस्करणका काठमाडौं रेजर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, धनगढी एफसी, बुटवल लुम्बिनी एफसी र पोखरा थन्डर्स सहित ३ नयाँ टोली झापा एफसी, विरगन्ज युनाइटेड एफसी र स्पोर्टिङ्ग मेची डे इलामले दोस्रो संस्करणको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

अक्सन अगावै सबै टोलीले आफ्नो मार्की खेलाडी सार्वजनिक गरिसकेका छन्।

मार्की खेलाडीहरु

काठमाडौं – हिसुब थपलिया

ललितपुर- अनन्त तामाङ

चितवन- विशाल श्रेष्ठ

धनगढी- आशिष चौधरी

बुटवल- एरिक विष्ट

पोखरा- आयुष घलान

झापा – अन्जन विष्ट

इलाम- विकेश कुथु

वीरगन्ज – दिप कार्की

प्रतिक्रिया