शुक्रबार, जेठ ४, २०८१

निओ फ्युजन बाजा समूहको अध्यक्षमा धाँ बाजाका प्रशिक्षक सबिन लेबा निर्वाचित

नेपालखोज २०८० असोज १४ गते ८:५७

भक्तपुर । लिवालीस्थिन निओ फ्युजन बाजा समूहको भवनमा भएको प्रथम अधिवेशन २०८० मा ४१ जनाको कार्यसमिति गठन भएको हो ।

जसमा उपाध्यक्ष विराज लोहला, सचिव प्रिजेन्ट कर्माचार्य, सह सचिव रेहान दुवाल, कोषाध्यक्ष उमेश कर्मचार्य, सह कोषाध्यक्ष रोशन खयामली निर्वाचित भएका छन् ।

साथै सल्लाहकारमा निओ फ्युजन स्कुल अफ कम्प्युटरका सञ्चालक बालकृष्ण बनमाला, नवदुर्गा धिमे बाजा समूहका अध्यक्ष लक्ष्मी प्रसाद बनमाला, किसन ढुकुछु भएका छन् । बाकी ३२ सदस्य रहेका छन् । भोट खसालेर निर्वाचन गरिएको थियो ।

निओ फ्युजन बाजा समूहको संस्थापना २०७५ सालमा भएको थियो । २०७६ सालदेखि निरन्तर रूपमा सक्रिय भएर काम गरिरहेको छ । ४ चोटि धिमे बाजा प्ररिक्षण, २ पटक धाँ बाजा र १ पटक पछिमा बाजाको प्रशिक्षण दिइसकेको छ ।

सल्लाहकार बालकृष्ण बनमालाले नयाँ कार्यसमितिले सम्पदा पदयात्रा गर्ने, विविध कार्यक्रममा सहभागी हुने, प्रतियोगितामा सहभागी हुने र वनभोज कार्यक्रम प्रस्ताव र योजना रहेको बताए ।

यस वर्ष नीतिगत रूपमा बाजा समूहलाई नगरपालिकामा दर्ता गर्ने योजना बनमालाले बताएका छन् । त्यस्तै कार्यसमिति दुई वर्षमा निर्वाचन हुने उनी सुनाउँछन् । यसभन्दा पहिला धिमे बाजा प्रशिक्षक उँगेन बोयजु अध्यक्ष थिए ।

प्रतिक्रिया