शनिबार, जेठ ५, २०८१

३३ अंकले घट्दा एक अर्ब ८३ करोड रुपैंयाँको सेयर किनबेच

नेपालखोज २०८० असोज १४ गते १५:२७

काठमाडौं । नेप्से घटेर दुई हजार अंकबाट पनि तल झरेको छ । साताको पहिलो दिन आज आइतबार नेप्से ३३ दशमलव २० अंकले घटेर १९ सय ७१ दशमलव १० अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि पाँच दशमलव ५५ अंकले घटेर तीन सय ७७ दशमलव ३९ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८४ वटा कम्पनीहरुको ८२ हजार आठ सय पटकको कारोबारमा ६७ लाख २३ हजार चार सय कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब ८३ करोड चार लाख ८६ हजार सात सय ४३ रुपैंयाँ कायम भएको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा सबै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक १३ दशमलव ५१ अंकले घटेर १२ सय ३९ दशमलव ६३ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ५३ दशमलव शुन्य चार अंकले घटेर ३७ सय ६५ दशमलव ७३ अंकमा पुगेको छ ।

फाईनान्स समुहको सुचक पनि ३७ दशमलव ३४ अंकले घटेर १७ सय २२ दशमलव १७ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि ७२ दशमनलव ७८ अंकले घटेर २१ सय १७ दशमलव २१ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि दुई सय ११ दशमलव ९१ अंकले घटेर १० हजार पाँच सय ४६ दशमलव ४१ अंकमा झरेकोमा निर्जीवन बीमा समुहको सुचक पनि एक सय ६७ दशमलव शुन्य तीन अंकले घटेर १० हजार तीन सय ४५ दशमलव २० अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ८४ दशमलव ६३, शुन्य दशमलव ९९, ६९ दशमलव ७०, ५५ दशमलव ९२, शुन्य दशमलव २३, २२ दशमलव ४५ र ५४ दशमलव ६८ अंकले घटेका छन् ।

नेप्सेमा आज सयपत्री हाईड्रो पावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार सय २९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सनराईज फष्र्ट म्युचुअल फण्डको प्रतियुनिट सेयर मुल्य १० प्रतिशतले घटेर नौं रुपैंयाँ ७८ पैसामा कारोबार भएको छ ।

यसैगरी सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीको भने प्रतिकित्ता चार सय ५७ रुपैंयाँ २० पैसा अन्तिम मुल्यमा १४ करोड ७३ लाख ६० हजार सात सय ४३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया