शुक्रबार, वैशाख ७, २०८१

‘महिलाका लागि उपयुक्त प्लेटफर्म सेयर बजार’

बजार बढ्दै जाँदा अंकुश लगाउने र घट्दा कानमा तेल हालेर बस्ने प्रवृत्तिले लगानीकर्तामा निराशा छायो ।

नेपालखोज २०७९ वैशाख १४ गते १२:१३

पछिल्लो समय विश्व बजारमा सेयर बजारप्रतिको आकर्षण निकै बढ्दो छ । सानादेखि ठूलासम्मले लगानी गर्न सक्ने क्षेत्र भएका कारण पनि यो क्षेत्रमा मानिसको आकर्षण बढेको हो । तर, नेपालमा भने अझै पनि सेयर बजारबारे धेरैलाई ज्ञान छैन । सेयर बजारबारे ज्ञान भएकाहरू भने यसमा आबद्ध छन् । कोभिडको समयमा अन्य क्षेत्र ठप्प रहेको समयमा सेयर बजारले भने उच्छाल मारेको थियो । अहिले भने बजार निराशाजनक छ । स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा सेयर बजारले सकारात्मक सूचक देखापर्ने आशामा रहेका लाखौं अर्बौं लगानी गरेका लगानीकर्ताहरू दैनिकजसो नेप्से परिसूचकसँगै घट्दै गएको कारोबारलाई लिएर निराश बन्न थालेका छन् । सेयर बजार बढ्दै गएको समयमा नियामक निकायले अंकुश लगाउने र बजार घट्दै जाँदा वास्तै नगर्ने प्रवृत्तिले तथा विभिन्न समयमा सेयर बजारलाई लिएर गरिने नेताहरूका नकारात्मक टिका- टिप्पणीले बजारप्रति लगानीकर्ताहरूको आकर्षण घट्दो छ ।
‘नेपालखोजमा नारी’ को आजको अंकमा हामीले यिनै विविध विषयमा केन्द्रित रहेर नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग कुराकानी गरेका छौं । ‘नेपालखोजमा नारी’ कार्यक्रममा हामीले महिलाहरूले गरेका संघर्ष, सफलता तथा समाजमा पुर्याएको योगदानका विषयमा चर्चा-परिचर्चा गर्ने गर्छौं । कार्यक्रम नेपालखोज आइनलाइन टीभीनेपालखोज डटकममा एकसाथ पढ्न र हेर्न सकिन्छ । सेयर बजारको हालको अवस्था, लगानीकर्ताहरूको सेयर बजारप्रतिको आकर्षण तथा नियामक निकायले लगानी कर्ताहरूलाई हेर्ने दृष्टिकोणलगायत विषयमा नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलसँग नेपालखोजका लागि मीरा साउँदले कुराकानी गरेकी छन् । प्रस्तुत छ अध्यक्ष पोखरेलसँग गरिएको कुराकानी :

हाइलाइट्स :
-सेयर बजार भनेको कम्पनीको एउटा हिस्सा हो । हामीले कुनै कम्पनीको सेयर किन्यौं चाहे त्यो एक कित्ता होस् । सय होस् या त्यो हजार । जति लिए पनि हामी त्यो कम्पनीको मालिक हुन्छौं । त्यसलाई सेयर भन्छौं भने सेयर लिएर किनबेच गर्ने ठाउँलाई बजार भनिन्छ ।
-बढेको बजारमा जहिले पनि नियामक निकाय (धितोपत्र बोर्ड) अंकुश लगाउन खोज्छ । त्यस्तो गर्दा लगानीकर्ताहरूमा निराशा छाउँछ र बजार घट्न जान्छ ।
-अहिलेको बजारमा तरलता मूख्य समस्या बनेको छ । किनभने हामीले अहिले सेयर धितो राखेर ऋण लिन गयौं भने बैंकहरूले ५० हजार पनि दिन सक्ने अवस्था छैन, तरलताको त्यत्ति चरम अभाव भएको छ ।
-जहिले पनि सेयर बजारमा बजार बढ्दै जाँदा अंकुश लगाउन खोज्ने र बजार घटेपछि कानमा तेल हालेर बस्ने प्रवृत्तिले नै अहिले बजारको यस्तो अवस्था भएको हो ।
-अहिले देशभर करिब ५३ लाख लगानीकर्ता हुनुहुन्छ । म उहाँहरूको अध्यक्ष भएर काम गरिरहेको छु । त्यसकारण राष्ट्रप्रति पक्कै पनि मेरो जिम्मेवारी छ । त्यो वहन गरेको छु ।
-सेयर बजारमा प्रवेश गर्ने व्यक्तिले लाभ र डर त्यागेर आउनुपर्छ । अर्को कुरा थोरै भए पनि बजारको बारेमा जानकारी राख्नुपर्यो र बजारलाई असर गर्ने कुराहरू के-के छन् भन्ने कुराको पनि जानकारी राख्न आवश्यक छ ।
-लकडाउनको समयमा सबैतिर ठप्प हुँदा सेयर बजार मात्रै यस्तो एउटा ठाउँ थियो जसले राज्यलाई कर तिरेर सहयोग गरिरहेको थियो । सेयर बजारलाई किन नकारात्मक दृष्टिले हेरिन्छ भन्नेमा म आफैं छक्क पर्छु ।
-जसले सेयर बजारको बारेमा कुनै कुरा बुझेकै हुँदैनन् त्यस्तै व्यक्तिले सेयर बजारको बारेमा नकारात्मक टिका-टिप्पणी गर्ने गरेका छन् ।
-सेयर बजार हुन त सबैका लागि उपयुक्त नै छ अझ महिलाहरूका लागि बढी उपयुक्त जस्तो लाग्छ मलाई । महिलाहरूमाथि धेरै जिम्मेवारी हुन्छ । त्यो जिम्मेवारी सँगसँगै महिलाहरूले थोरै समय पनि सेयर बजारमा दिनु भयो भने अरूमा निर्भर हुनु पर्दैन ।

‘नेपालखोजमा नारी’ का अघिल्ला अंकहरू पढ्न छुटाएको भए हेर्नुहोस् ।

पत्रकारितामा महिला : दायित्व दोहोरो, आकर्षण कम

‘संघर्ष र आत्मबल छ भने व्यावसायिक क्षेत्रमा फड्को मार्न सकिन्छ’

‘समयमै उपचार गरे मनोरोग अवश्य निको हुन्छ’

देशभरका महिलालाई तालिम दिने रेखाको सपना

‘भारतीय फेसन ट्रेन्ड रुचाउँछन् नेपाली’

‘सानोमम्मीले टेम्पो चलाएको देख्दा मलाई पनि रहर जाग्यो’

‘पर्यटन क्षेत्रमा ६० प्रतिशतको रोजगारी गुम्यो, ८० प्रतिशतले तलबै पाएनन्’

‘व्यवसाय सुरु गर्नु गाह्रो होइन, निरन्तरता दिनु नै प्रमुख कुरा हो’

‘महिनावारीको विभेद सबै जात, धर्म, भाषा, संस्कृति र भूगोलमा छ’

प्रतिक्रिया