एमाले कोशीमा मतगणना सुरू
नेपालखोज
२०८० असोज १५ गते १७:३१

कोशी । नेकपा (एमाले) कोशीमा मतगणना बल्ल सुरू भएको छ।
सोमबार साझ ५ बजेदेखि मतगणना सुरू भएको हो। ७ स्थानबाट मतगणना सुरू भएको छ। ९९७ जना प्रतिनिधि रहेको प्रदेश अधिवेशनमा ९७७ मत खसेको थियो। अधिवेशनमा ३५ स्थानमा मतदान भएको थियो।
अधिवेशनमा अध्यक्षका लागि दुई नेता विनोद ढकाल र घनश्याम खतिवडाबीच चुनावी प्रतिस्पर्धा भएको थियो। मतदान आज बिहान ५ बजे सकिएको थियो।
सम्बन्धित
प्रतिक्रिया