शुक्रबार, वैशाख २६, २०८२

शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिएका १४ म्यानपावर कम्पनी निलम्बनमा

नेपालखोज २०८० असोज १५ गते १८:०२

काठमाडौं । शंकास्पद कागजात पेश गरेर श्रम स्वीकृति लिएका १४ वटा मेनपावर कम्पनी  निलम्बनमा परेका छन् । वैदेशिक रोजगार विभागले शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको हो ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ६१ को ७ बमोजिम निलम्बन गरेको विभागले बताएको छ ।

जापानी भाषा तथा संस्कृती सम्बन्धी तालिमको शंकास्पद प्रमाणपत्र पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई पठाएको भनेर उजुरी परेको थियो । सो उजुरीमाथि अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया