शनिबार, जेठ ५, २०८१

भारतले दियो नेपाललाई २०३ रनको लक्ष्य

नेपालखोज २०८० असोज १६ गते ८:२७

काठमाडौं । १९औं एसियाली खेलकुदको पुरुष  क्रिकेटमा भारतले नेपाललाई जितका लागि २०३ रनको लक्ष्य दिएको छ ।

चीनको जेझाङ प्राविधिक विश्वविद्यालयको क्रिकेट मैदानमा जारी क्वार्टरफाइनलमा टस जितेर ब्याटिङमा आएको भारतले निर्धारित २० ओभरमा चार विकेट गुमाएर २०२ रनको योगफल बनायो ।

नेपाल समूह ‘ए’को विजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो । नेपालले समूह चरणका खेलमा मंगोलियालाई २७३ र माल्दिभ्सलाई १३८ रनले हराएको थियो ।

प्रतिक्रिया