शनिबार, जेठ ५, २०८१

दुई सय ८१ वटा कम्पनीहरूको एक अर्ब १९ करोडको सेयर किनबेच

नेपालखोज २०८० असोज १६ गते १५:३०

काठमाडौं । नेप्सेमा गिरावट आएको छ । अघिल्लो दिन पाँच दशमलव १९ अंकले बढेको नेप्से साताको तेस्रो दिन आज मङ्गलवार भने १७ दशमलव ५६ अंकले घटेर १९ सय ५८ दशमलव ७२ अंकमा झरेको छ ।

यसैगरी क वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव ६६ अंकले घटेर तीन सय ७४ दशमलव ३९ अंकमा झरेको छ ।

नेप्सेमा आज दुई सय ८१ वटा कम्पनीहरुको ५५ हजार ९६ पटकको कारोबारमा ३९ लाख ६५ हजार नौं सय १७ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम एक अर्ब १९ करोड ९१ लाख एक हजार तीन सय २४ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा १३ वटै समुहहरुको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये वाणिज्य बैंक समुहको सुचक सात दशमलव ५९ अंकले घटेर १२ सय ३२ दशमलव २५ अंकमा झरेकोमा बिकास बैंक समुहको सुचक पनि ४६ दशमलव ९० अंकले घटेर तीन हजार सात सय ६८ दशमलव ९२ अंकमा झरेको छ ।

फाईनान्स समुहको सुचक पनि २२ दशमलव शुन्य सात अंकले घटेर १७ सय १३ दशमलव शुन्य छ अंकमा झरेकोमा जलबिद्युत समुहको सुचक पनि २९ दशमलव ६७ अंकले घटेर २१ सय छ दशमलव ३३ अंकमा झरेको छ ।

यसैगरी जीवन बीमा समुहको सुचक पनि ८७ दशमलव २७ अंकले घटेर १० हजार चार सय ६९ दशमलव ४७ अंकमा झरेकोमा निर्जिवन बीमा समुहको सुचक पनि ७१ दशमलव ६८ अंकले घटेर १० हजार दुई सय ९१ दशमलव ८५ अंकमा झरेको छ ।

यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि क्रमशः ६४ दशमलव ७७, शुन्य दशमलव ६४, ३७ दशमलव ६६, ३१ दशमलव ४०, शुन्य दशमलव १५, १५ दशमलव १५ र ४२ दशमलव ८८ अंकले घटेका छन् ।

नेप्सेमा आज घलेम्दी हाईड्रो लिमिटेडको प्रतिकित्ता सेयर मुल्य पाँच दशमलव ७१ प्रतिशतले बढेर दुई सय २२ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा सामुदायिक लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मुल्य सात दशमलव ५४ प्रतिशतले घटेर सात सय ७९ रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

सिटिजन्स लाईफ इन्स्योरेन्स कम्पनीको भने आज प्रतिकित्ता चार सय ४६ रुपैंयाँ अन्तिम मुल्यमा पाँच करोड ५९ लाख ३० हजार पाँच सय १२ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज कारोबार भएका कम्पनीहरु मध्येमा कारोबार रकमका आधारमा सबैभन्दा बढी हो ।

प्रतिक्रिया