आइतबार, वैशाख २८, २०८२

जातीय भेदभाव दुरुत्साहन, शान्ति सुरक्षा भंग हुने खालको सामग्री प्रकाशन नगर्न सरकारकाे आग्रह

नेपालखोज २०८० असोज १६ गते १९:०५

काठमाडौं । सरकारले सामाजिक सञ्जाललाई मर्यादित तवरले प्रयोग गर्न अपिल गरेको छ । सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालमा आधारहित कुरा, जातीय भेदभाव दुरुत्साहन, शान्ति सुरक्षा भंग हुने खालको सामग्री प्रकाशन नगर्न आग्रह गरेको छ ।

बैठकले नेपालगञ्जमा भएको धार्मिक तनावका विषयमा सरकारको ध्यानाकर्षण भएको जनाएकाे छ । हिन्दू र मुस्लिम समुदायबीच बढ्दै गएको विवादपछि साम्प्रदायिक तनाव उत्पन्न हुने नदिन मंगलबार दिउँसो १ बजेबाट स्थानीय प्रशासनले कर्फ्यू लगाइरहेका बेला प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा यस विषयमा छलफल भएको हो ।

सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माका अनुसार धरानमा जस्तै फेरि बाँकेको नेपालगञ्जमा पनि धार्मिक तनाव उत्पन्न हुने कार्य भएको भन्दै सरकारले सबैलाई यस्ता कार्य नगर्न अपिल गरेको छ ।

प्रतिक्रिया