मंगलबार, वैशाख १८, २०८१

सानिमा बैंकको दराजसँग विशेष छुट दिने सहकार्य

नेपालखोज २०८० असोज १६ गते २१:२२

काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैंंको अवसरमा सानिमा बैंकले ग्राहकहरुका लागि दराजसंग “दशैं धमाका” योजनामा विशेष छुट दिने सहकार्य भएको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकहरुले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्ने छन् । ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम् एक हजार पाँच सय रुपैंयाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम् दुई हजार रुपैयाँसम्मको छुट प्राप्त गर्न सक्ने छन् ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिने छ । छुटका लागि ग्राहकहरूले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरुले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्न सक्ने छन् ।

बैंकका अनुसार यो योजना २०८० आश्विन १७ देखि २०८० आश्विन ३० गतेसम्म १४ दिनका लागि लागू हुनेछ । सानिमा बंैकको देशका सातै प्रदेशमा १३२ वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । साथै, सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग एप प्रयोग गर्दा विभिन्न अस्पताल, सपिङ्ग आउटलेट, होटेल, रेष्टुरेन्ट आदिमा विशेष छुटको व्यवस्था रहेको छ ।

प्रतिक्रिया