शनिबार, वैशाख १५, २०८१

नबिल बैंकको नबिल ग्रीन पीन सेवा सञ्चालनमा

नेपालखोज २०७७ असोज ११ गते १२:५५

काठमाडौं । नबिल बैंकले नबिल ग्रिन पिन सेवाको सुरुवात गरेको छ । उक्त सेवा डेविट, क्रेडिट, तथा प्रिपेड कार्ड प्रयोगकर्ताहरुलाई सहज र सुरक्षित रुपमा बैंकको कुनै पनि एटिएमबाट कार्डको पिन सेट अथवा रिसेट गर्ने सुबिधा प्रधान गर्नको लागि सुरुवात गरेको हो । नयाँ पद्धतीको बैंकिङ्ग सेवा र सुविधा ग्राहकलाई उपलब्ध गराउन सधैं तत्पर नबिल बैंकले ग्रिन पिन सेवा मार्फत नयाँ ग्राहकलाई नयाँ पिन सेट गर्न र पूराना ग्राहकलाई बिर्सिएको पिन स्वयम्ले रिसेट गर्ने सुबिधा प्रधान गरेको छ ।

यस सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब हाम्रा ग्राहकहरुले बैंकद्वारा जारी गरिएको कुनै पनि कार्डको पिन सेट गर्नु परेमा वा पिन बिर्सिएमा बैंक शाखामा आएर पिन रिसेटका निम्ति आवेदन दिइरहनु पर्दैन । अब ग्राहकले नजिकैको नबिल बैंकको एटिएमबाट सहजै आफैले पिन रिसेट गर्न सक्नेछन् । ग्रिन पिन मार्फत पिन सेट अथवा रिसेट गर्न ग्राहकले नजिकैको नबिल बैंकको एटिएममा गई कार्ड मसिनमा राखेर जेनेरेट ओटीपी फर पीन मेनु छान्नु पर्नेछ । त्यस पश्चात ग्राहकले बैंकमा दर्ता गरेकोे मोबाइल नम्बरमा २४ घण्टाको म्याद रहेको ओटिपी प्राप्त हुनेछ । त्यस पश्चात ग्राहकले इन्टर ओटिपी टुु चेन्ज फर पीन मेनु छनौट गरि प्राप्त भएको ओटिपी राखेर पिन सेट अथवा रिसेट गर्न सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले ग्रिन पिन सेवा मार्फत बैंकले पिन प्रिन्ट गर्न प्रयोग हुने कागजको र पिनलाई प्याक गर्न प्रयोग हुने प्लास्टिकको उपभोग घटाउदै वातावरण मैत्री सेवाको सुभारम्भ गरेको विज्ञप्ति दिएका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा यसरी जुनसुकै स्थान र समयमा पिन सेट तथा रिसेट गर्न सकिने सुविधाले ग्राहकलाई सुरक्षित र सहज सेवा प्राप्त हुने भन्ने बैंकको अपेक्षा छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११९ शाखाहरु र १८५ एटिएम काउण्टरहरु रहेका छन् ।

प्रतिक्रिया