हेटौंडाबाट काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध
नेपालखोज
२०८० असोज १७ गते १०:३९

मकवानपुर । गएराति परेको वर्षासँगै आएको पहिराका कारण हेटौंडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्ड आज बिहानैबाट यातायात अवरुद्ध भएका छन् ।
पहिराेका कारण हेटौंडाबाट काठमाडौं जोड्ने कान्तिलोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
यसैगरी पहिराका कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।
ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनले जानकारी दिए ।
उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीले आग्रह गरेका छन् ।
सम्बन्धित

प्रतिक्रिया