आइतबार, जेठ ६, २०८१

नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुखले त्रिशूलीमा हाम फालेर गरे आत्महत्या

नेपालखोज २०८० असोज १७ गते १४:५३

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक हेटौंडाका शाखा प्रमुख निराजन देवकोटाले सोमबार त्रिशूलीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ । उनी बैंक मर्ज हुनुअघि मेगा बैंकमा कार्यरत थिए ।

देवकोटाले असोज १५ साँझ साढे ६ बजे त्रिशूली नदीमा हाम फालेर आत्महत्या गरेको प्रहरीले बताएको छ ।

मर्ज भएपछि हेटौंडा शाखाबाट तत्कालीन मेगा बैंकले दिएको ऋणको अनुसन्धानका नाममा पटक पटकको दिइएको टर्चरका कारण देवकोटा नदीमा हाम फालेको हुनसक्ने प्रहरीले बतायो ।

प्रतिक्रिया