आइतबार, जेठ ६, २०८१

अफगानिस्तानमा हातहतियार फेला

नेपालखोज २०८० असोज १७ गते १७:५१

अफगानिस्तान । उत्तरी अफगानिस्तानको सारी पुल प्रान्तमा प्रहरीले आरपीजी–७ सहित हतियार रगोलाबारुद फेला पारेको छ ।

प्रान्तीय प्रहरी प्रवक्ता दिन मोहम्मद नजारीले केही दिनअघि उक्त प्रान्तमा गरिएको शृङ्खलाबद्ध अपरेसनमा चार टुक्रा एकेएम, एउटा मेसिनगन, एउटा आरपीजी–७ रकेट लन्चर र अमेरिकामा बनेको एम१६ एसल्ट राइफल बरामद गरिएको बताए ।

उनका अनुसार अपरेसनका क्रममा हजारौँ गोली र प्रोजेक्टाइल पनि बरामद गरिएको छ । यस्तै कारवाहीका क्रममा प्रहरीले शुक्रबार पूर्वी अफगानिस्तानको पन्जसिर प्रान्तमा पनि हतियार र गोलाबारुद फेला पारेको थियो ।

प्रतिक्रिया