दमामका लागि उडेको नेपाल एयरलाइन्सको जहाज बीचैबाट काठमाडौंमै फर्कियाे

नेपालखोज २०८० असोज १८ गते ८:०१

काठमाडौं । काठमाडौंबाट दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै काठमाडौं फर्किएको छ ।

टिकासमा खराबी देखिएपछि जहाज बीच बाटोबाटै फर्किएको जनाइएकाे छ । उक्त जहाज पाकिस्तानकाे कराँची नजिककबाट फर्किएर बुधबार राति काठमाडौंमै अवतरण गरेको थियो ।

जहाज आसपास केही खतरा भए त्यसको संकेत दिने प्रविधिलाई टिकास भनिन्छ । टिकासले काम नगरेपछि लामो दूरीमा जहाज उडाउँदा दुर्घटनाको उच्च जोखिम हुने भएकाले विमान फर्किएको जनाइएकाे छ ।

प्रतिक्रिया