अहिलेसम्म क-कसले जिते विश्वकप ?

अहिले विश्वकप क्रीकेट -२०२३ ले सबैलाई तताइसकेको छ । यसप्रसङमा हेरौं अहिले सम्मका विश्वकप बिजेताहरु :
अष्ट्रेलिया विश्वकपमा सबैभन्दा सफल देश हो । पाँच पटकको च्याम्पियन अष्ट्रेलिया विश्वकप उपाधिमा ह्याट्रिक गर्ने एक्लो देश पनि हो ।
सुरुका दुई संस्करणको विश्वकप विजेता वेस्टइन्डिज यस पटक छनौट चरण बाटै बाहिरिएको छ । हालसम्म इंग्ल्यान्ड, पाकिस्तान र श्रीलंकाले एक एक पटक विश्वकप उपाधि जितेका छन् भने भारतले दुई पटक विश्वकप जितेको छ ।
१२ वटा संस्करण सम्पन्न हुँदा सम्म २० देशले मात्र विश्वकप खेलेका छन् जसमा ६ देशले मात्र उपाधि जितेका छन् । यो विश्वकप क्रीकेटको १३ औं संस्करण हो ।
विश्वकप बिजेताहरु
सन् १९७५
बिजेता – वेस्टइन्डिज
उपबिजेता – अष्ट्रेलिया
सन् १९७९
बिजेता – वेस्टइन्डिज
उपबिजेता – इंग्ल्यान्ड
सन् १९८३
बिजेता – भारत
उपबिजेता – वेस्टइन्डिज
सन् १९८७
बिजेता – अष्ट्रेलिया
उपबिजेता – इंग्ल्यान्ड
सन् १९९२
बिजेता – पाकिस्तान
उपबिजेता – इंग्ल्यान्ड
सन् १९९६
बिजेता – श्रीलंका
उपबिजेता – अष्ट्रेलिया
सन् १९९९
बिजेता – अष्ट्रेलिया
उपबिजेता – पाकिस्तान
सन् २००३
बिजेता – अष्ट्रेलिया
उपबिजेता – भारत
सन् २००७
बिजेता – अष्ट्रेलिया
उपबिजेता – श्रीलंका
सन् २०११
बिजेता – भारत
उपबिजेता – श्रीलंका
सन् २०१५
बिजेता – अष्ट्रेलिया
उपबिजेता – न्युजिल्यान्ड
सन् २०१९
बिजेता – इंग्ल्यान्ड
उपबिजेता – न्युजिल्यान्ड
प्रतिक्रिया