एनआरएनए एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले गरिन् उम्मेदवारी घोषणा

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) एसिया प्यासिफिक महिला संयोजकमा अनिता गुरुङले उम्मेदवारी दिने घोषणा गरेकी छन् ।
एनआरएनए अभियानमा लामो समयदेखि आबद्ध गुरुङले एनआरएनए एसिया प्यासिफिक महिला संयोजक पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।
काठमाडौं यही अक्टोबर १७ देखि २० सम्म हुन गैरहेको ११ औं अन्तर्राष्ट्रिय महाधिवेशनमा एसिया प्यासिफिक महिला संयोजक पदमा आफुलाई सहयोग गर्न एनआरएन अभियन्ताहरूलाई गुरुङले अपिल गरेकी छन् । उनले विदेशमा रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकको ज्ञान, सीप, प्रविधि र पूँजीको परिचालन गर्दै नेपालको विकासमा योगदान गर्ने सोचलाई कार्यान्वयन गर्न सहयोगी बन्ने बताइन् ।
तमुधिं जापानकी पूर्वअध्यक्ष गुरुङ परिचित अनुहार हुन्। एसिया प्यासिफिक महिला संयोजक पदमा आफूले शुभेच्छुकहरुको आग्रहका कारण उम्मेदवारी दिएको उनले जानकारी दिइन् ।
लामो समयदेखि जापानलाई कर्मभूमि बनाउँदै आएकी अनिता समाजसेवामा सधैँ अग्रपंक्तिमा छिन्। जापानमा मात्र होइन, उनले नेपालमा समेत आपतबिपत परेको बेला राहतका कार्यक्रमहरु संचालन गर्दै आएकी छन् ।
एनआरएनए भित्र एक क्षमतावान नेतृको रुपमा हेरिने अनितालाई एनआरएएन अभियन्ताहरुले निर्वाचनमा उठ्न सुझाव दिएपछि उनी अघि बढेकी हुन् ।

प्रतिक्रिया