धर्मगुरु श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा

नेपालखोज २०८० असोज १८ गते १४:३५

जनकपुरधाम । धर्मगुरु आचार्य श्रीनिवासमाथि धनुषा प्रशासनमा मुद्दा दर्ता भएको छ । उत्तेजित अभिव्यक्ति दिएको आरोपमा सुनसरीमा पक्राउ परेका विवादास्पद धर्मगुरुमाथि सार्वजनिक शान्तिविरुद्धको कसुर मुद्दा
दर्ता

जिल्ला प्रशासन कार्यालय धनुषामा उनीविरुद्ध बुधबार मुद्दा दर्ता भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए । मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट सुन्सरी प्रहरीले पक्राउ गरेको थियो । बुधबार साँझ उनलाई कारबाहीको लागि धनुषा ल्याइएको थियो ।

असोज १२ गते जनकपुरधाममा भएको विरोध कार्यक्रमममा हिंसात्मक अभिव्यक्ति दिएका थिए । सोही अभियोगमा उनीमाथि मुद्दा चलाइएको हो ।

प्रतिक्रिया