शुक्रबार, असार १३, २०८२

सुन तस्करी प्रकरणमा पक्राउ परेका २५ जनालाई थुनामा पठाउन आदेश

नेपालखोज २०८० असोज १९ गते २०:३६

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकामध्ये एकजनाबाहेक अन्य सबैलाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।

जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले रुकमिना सुब्बालाई ५ लाख धरौटी छाड्न आदेश दिएको भएपनि अन्य सबैलाई थुनामा पठाउन आदेश दिएको हो ।

सुन तस्करीमा संलग्न रहेको आरोपमा सरकारी वकिलको कार्यालयले ३ जना फरारसहित २९ जनामाथि मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया