शनिबार, जेठ ४, २०८२

आईसीसी विश्वकप क्रिकेट : नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तान विजयी

नेपालखोज २०८० असोज १९ गते २१:५१

काठमाडाैं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान विजयी भएकाे छ । शुक्रबार भएको खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले हराउँदै पाकिस्तानले विजयी सुरुवात गरेको हो ।

भारतको हैदराबादमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४९ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ८६ रनको योगफल बनायो । पाकिस्तानका विकेट किपर मोहम्मद रिजवान र साउद सकिलले सर्वाधिक समान ६८ रनको योगदान दिए ।

दोस्रोपटक एकदिवसीय विश्वकप खेलिरहेको नेदरल्याण्ड्सले भने यसपटक पनि हारबाट सुरुवात गरेको छ । सन् २०११ को विश्वकपमा पनि नेदरल्याण्ड्सले हारबाट सुरुवात गरेको थियो ।

नेदरल्याण्ड्सका लागि बास डी लिडेले चार, कोलिन एकरम्यानले दुई, लोगान भान बीक र आर्यन दत्तले एकरएक विकेट लिए । विश्वकपको तेस्रो दिन शनिबार दुई खेल हुनेछन् । भोलि पहिलो खेलमा अफगानिस्तान र बंगलादेश तथा दोस्रो म्याचमा श्रीलंका र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया