नेपालकाे सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु

नेपालखोज २०८० असोज २० गते ५:५८

काठमाडाैं । यो वर्षको मनसुन नेपालबाट बाहिरिन थालेको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिन सुरु भएको हो । 

जल तथा मौसम विज्ञान विभागका अनुसार शुक्रबार सुदूरपश्चिम र कर्णाली प्रदेशको पश्चिम भू–भागबाट मनसुन बाहिरिएको हाे ।

नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको विभागले जनाएकाे छ । नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ हो । यो वर्ष पनि केही दिन ढिलोबाट मनसुन बाहिरिन सुरु भएको हो । 

प्रतिक्रिया