सरकारले चलाउने चाडपर्वलक्षित सस्तो पसल भोलिदेखि

नेपालखोज २०८० असोज २० गते ११:००

काठमाडौं । सरकारले (आइतबार) भोलिदेखि चाडपर्व लक्षित सस्तो पसल सञ्चालन गर्दै छ । काठमाडौं उपत्यकामा रहेका आठ बिक्री केन्द्र र तीन घुम्ती पसलसहित ३५ स्थानमा बिक्रीस्थल रहनेछ ।

जसअनुसार काठमाडौं उपत्यका बाहिर मोरङ, झापा, ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुंगा, खोटाङमा सहुलीयत पसल राखिने भएको छ ।

यसैगरी, सिराहा, जनकपुर, पर्सा, कास्की, तनहुँ, गोरखा, मनाङ, मुस्ताङ, रुपन्देही, बाँके, दाङ, बर्दिया, रुकुम–पूर्व र रुकुम–पश्चिम, रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डडेल्धुरा, बाजुरा, बझाङ, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण पसल रहने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका सचिवालय जनाएकाे छ ।

प्रतिक्रिया