आइतबार, जेठ ६, २०८१

डुबेर दुई जनाको मृत्यु

नेपालखोज २०८० असोज २० गते १३:२९

काठमाडौं । सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरबाहीनीस्थित कमला नदीमा डुबेर सर्लाही ईश्वरपुर नगरपालिका–१३ श्रीनगर टोल बस्ने जसोदा कुमारी महतोको छोरा १३ वर्षीय रमेश महतोको शुक्रबार दिउँसो मृत्यु भएको छ ।

नुहाउने क्रममा डुबेर अशक्त भएका उनको फुल कुमारी मिमोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको हो ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिका–८ फट्किटोला बस्ने बुधु मल्लाहको छोरा ९ वर्षीय अर्जुन मल्लाहको सोही ठाउँस्थित पूर्व खोलामा डुबेर शुक्रबार दिउँसो मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेर अशक्त भएका उनको सहिद स्मृती सामुदायिक अस्पताल चौपत्तामा उपचारको क्रममा मृत्यु भएको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया