शुक्रबार, पुष ४, २०८२

हमास आक्रमणमा मर्नेको सङ्ख्या चार पुग्यो

नेपालखोज २०८० असोज २० गते १५:३४

इजराइल । गाजा पट्टीबाट इजराइलतर्फ हमासले गरेको रकेट हमलामा परी मर्ने सङ्ख्या चार पुगेको छ ।

टाइम्स अफ इजराइलका अनुसार गाजा पट्टीबाट रकेट हमला गरेपछि हमासका लडाकुहरूले इजराइलमा घुसपैठ गरेका छन् ।

कुसेफीका मेयर अब्द अल–अजिज नासाराले गाजाबाट रकेट हमलाको वर्षा हुँदा धेरै घाइते भएको भन्दै चार जनाको मृत्यु भएको पुष्टि गरे ।

दक्षिणी इजराइलको बेडोइन सहर कुसेफी गाजा पट्टीबाट करिब ६५ किलोमिटरको दूरीमा छ ।

समाचारअनुसार यसअघि रकेट आक्रमणमा एक महिलाको मृत्यु भएको र धेरै घाइते भएको बताइएको थियो ।

प्रतिक्रिया