प्रहरीद्वारा २१ लाखको अवैध सामान बरामद
नेपालखोज
२०८० असोज २० गते १७:०३

महेन्द्रनगर । प्रहरीले कञ्चनपुरमा २१ लाख बराबरको अवैध सामान बरामद गरेको छ । भारतबाट लुकिछिपी ल्याउने अवैध सामान नियन्त्रणमा प्रहरीले सक्रियता बढाएसँगै राजस्व सङ्कलनमा समेत वृद्धि भएको छ ।
भारतसित सीमाना जोडिएको कञ्चनपुरमा ठूला व्यापारी नै भन्सार छलेर लाखौँको सामान ल्याउने गरेको पाएपछि पछिल्लो समय कञ्चनपुर प्रहरीले दिनहुँ छापा मार्न थालेको छ ।
दुई दिनयता जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका–६ र १८ मा गोदाममा छापा मारेर भन्सार छलेर ल्याएको २१ लाख बराबरको सामान बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार गड्डाचौकी नाका हुँदै भारतबाट भन्सार छलेर ल्याएको सामान बरामद गरिएको हो । व्यापारी भुवन भाटको घरमा छापा मार्दा दश लाखको खाद्य तथा किराना सामान बरामद गरिएको उनले बताए ।
सम्बन्धित

प्रतिक्रिया