भारोत्तोलनमा सागरको नयाँ राष्ट्रिय कीर्तिमान
नेपालखोज
२०८० असोज २० गते १८:४४

हान्झाउ । १९ औं एसियाली खेलकुदको भारोत्तोलनमा सागर भण्डारीले नयाँ राष्ट्रिय कीर्तिमान बनाएका छन् ।
१०९ केजी तौल समूहमा उनले स्न्याचमा १३३ किलो, क्लिन एण्ड जर्कमा १७० किलो गरी कुलमा ३०३ किलो भारत उठाएर राष्ट्रिय कीर्तिमान बनाएका हुन् ।उनले यसअघि आफ्नै नाममा रहेको तीनवटै कीर्तिमान सुधार गरेका हुन् ।
३ हप्ताअघि साउदी अरबमा भएको आईडब्लूए वर्ल्ड च्याम्पियनसिपमा सागरले स्न्याचतर्फ १२८ केजी, क्लिन एण्ड जर्कमा १६३ केजी र समग्रमा २९१ केजी भार वहन गरेका थिए । एसियाडमा उनले त्यो भन्दा १२ किलो बढी भार उठाए ।
सागर नेपालको भारोत्तोलन इतिहासमै कुनै पनि तौल समूहमा ३०३ किलो तौल उठाउने पहिलो खेलाडी हुन् ।
सम्बन्धित
प्रतिक्रिया