ठेक्का सम्झौताको सोह्र महिनापछि निर्माण सुरु

नेपालखोज २०८० असोज २० गते २०:२७

राँझा (बाँके) । बाँकेको परसपुर–गौघाट सडक ठेक्का सम्झौता भएको १६ महिनापछि निर्माण सुरु भएको छ ।

बाँकेको खजुरा, जानकी र बर्दियाको बढैया गाउँपालिकालाई नेपालगन्जसँग जोड्ने परसपुर–गौघाट सडक निर्माणका लागि कन्काई–गणपति निर्माण कम्पनीले काम थालेको हो

दश किलोमिटर गौघाट–परसपुर सडकखण्ड निर्माणका लागि कन्काई–गणपति रु १४ करोडमा ठेक्का पाएको हो । निर्माण कम्पनीका प्रमुख तुलसीराम भण्डारीले सम्झौताअनुसार समयमै काम सम्पन्न गर्ने बताए ।

निर्वाचनको बेला प्रमुख चुनावी मुद्दा बन्दै आएको यो सडकखण्डको निर्माण सुरु नहुँदा जनप्रतिनिधिलाई काम थाल्न सर्वसाधारणले दबाब दिँदै आएका थिए ।

खजुरा गाउँपालिकाका प्रवक्ता धनराम ओलीले आफूहरू निर्वाचित भएर आएपछि परसपुर–गौघाट सडकखण्डलाई प्राथमिकतामा राखेर काम गरेको बताए ।

प्रतिक्रिया