देश बनाउन दलहरुबीचको एकता हुनुपर्ने
नेपालखोज
२०८० असोज २० गते २१:१४

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले देशलाई विकासको बाटोमा अघि बढाउन सबै राजनीतिक दलबीचको एकता हुनुपर्नेमा जोड दिएका छन् ।
राप्रपा ललितपुर जिल्ला कार्यसमितिद्वारा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक दलबीच एकता नहुँदा देशले विकासको गति लिन नसकेको बताउँदै भ्रष्टाचार, बेथिति र कुशासनको अन्त्यका निम्ति पनि दलीय एकता आवश्यक भएको उल्लेख गरे ।
उनले राजनीतिक दलका नेताहरूले व्यक्तिगत र पार्टीगत स्वार्थभन्दा माथि उठेर देशको निम्ति काम गर्नुपर्नेमा जोड दिए ।
सम्बन्धित
प्रतिक्रिया