शनिबार, जेठ ४, २०८२

भारत र अष्ट्रेलिया भिड्दै

नेपालखोज २०८० असोज २१ गते १२:१०

काठमाडाैं । आइसिसी विश्वकप २०२३ को पाँचौं खेलमा आज उपाधिका प्रमुख दुई दाबेदार भारत र अष्ट्रेलियाबीच खेल हुँदैछ । खेल नेपाली समय अनुसार दिउँसो २ : १५ मा चेन्नईमा सुरु हुनेछ ।

भारतको रोहित शर्मा र अष्ट्रेलियाको प्याट कमिन्सले कप्तानी गर्नेछन् । भारत आफ्नो लय, घरेलु मैदान र दर्शकको फाइदा उठाउँदै विजयी सुरुवात गर्न चाहन्छ । तर विश्वकपको सर्वाधिक सफल टोली अष्ट्रेलिया भारतलाई स्तब्ध पार्दै सानदार सुरुवात गर्ने सोचमा हुनेछ । यी दुई देशबीच कडा प्रतिस्पर्धाको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया