शनिबार, जेठ ४, २०८२

सकियो एसियाली खेलकुदको १९ औं संस्करण

नेपालखोज २०८० असोज २१ गते १७:२१

हाङझाउ । एसियाली खेलकुदको १९ औं संस्करण समापन भएको छ।

चीनको हाङझाउमा सेप्टेम्बर २३ (असोज ५ गते) देखि सुरू भएको १९ औं एसियाली खेलकुदका सम्पूर्ण खेलहरूको नतिजा सार्वजनिक भई आज समापन भएको हो।

एसियाली खेलकुदमा कुल ४५ देशका १२ हजार खेलाडी सहभागी थिए। उनीहरूले ४० खेलको ४८३ इभेन्टमा प्रतिस्पर्धा गरेका थिए।

तीमध्ये ४१ राष्ट्रले पदक जितेका थिए। दक्षिण एसियाली मुलुकहरू भुटान, माल्दिभ्स, यमन र टिमोर लिस्टेले पदक जित्न सकेनन्।

एसियाली खेलकुदमा चीनले सबैभन्दा बढी २०१ स्वर्णपदक जितेको छ। उसले १११ रजत र ७१ कास्य गरी ३८३ पदक जितेर शीर्षस्थानमा रह्यो।

त्यस्तै, जापानले ५२ स्वर्ण, ६७ रजत र ६९ कास्य गरी १८८ पदक जित्यो। १९० पदक पाएको कोरियाले ४२ स्वर्ण, ५९ रजत र ८९ कास्य जित्यो।

पदक तालिकाको चौथो नम्बरमा रहेको भारतले २८ स्वर्ण, ३८ रजत र ४१ कास्य गरी १०७ पदक प्राप्त गर्‍यो।

देशस्वर्णरजतकास्यजम्मा पदक 
 चीन२००१११७१३८२
जापान५१६६६९१८६
दक्षिण कोरिया४२५९८९१९०
भारत२८३८४११०७
उज्बेकिस्तान२२१८३१७१
चाइनिज ताइपेइ१८२०२८६६
इरान१३२११९५३
थाइल्याण्ड१२१४३२५८
बहराइन१२२०
उत्तर कोरिया१११८१०३९
कजाखस्तान१०२१४७७८
हङकङ१६२९५३
इन्डोनेशिया१११८३६
मलेसिया१८३२
कतार१४
युएई१९
फिलिपिन्स१२१८
किर्गिस्तान१५
साउदी अरब१०
सिंगापुर१६
भियतनाम १९२७
मंगोलिया१३२१
कुवेत१०
ताजाकिस्तान
मकाउ 
श्रीलंका
म्यानमार
जोर्डन
तुर्किमिनिस्तान
अफगानिस्तान
पाकिस्तान
ब्रुनाई
नेपाल
ओमन
लाओस
बंगलादेश
इराक
कम्बोडिया
लेबनान
प्यालेस्टाइन
सिरियन अरब रिपब्लिक

प्रतिक्रिया