काठमाडौंमा १५ हजार जनालाई सीपमूलक तालिम दिने बालेनको घोषणा

नेपालखोज २०८० असोज २१ गते २०:०७

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ३ वर्षभित्र महानगरभित्रको बेरोजगारी समाधान गर्ने लक्ष्यसहितको योजना अघि सारेका छन् । उनले ‘स्वर्णिम र गौरव’ योजनाअन्तर्गत १५ हजारलाई सीपमूलक तालिम दिने घोषणा गरे ।

सामाजिक सञ्जालमार्फत भिडिओ पोस्ट गर्दै शाहले यस्तो घोषणा गरेका हुन् । शाहका अनुसार सुरुमा महानगर क्षेत्रभित्र रहेका दक्ष, अर्धदक्ष र अदक्ष जनशक्तिको सूचीकरण गरिनेछ । त्यसपछि अदक्षलाई दक्ष बनाउन सीपमूलक तालिम दिइने उनले बताए ।

काठमाडौंका १४ स्थानमा तालिम दिने महानगरको तयारी छ ।

प्रतिक्रिया