प्रतिनिधिसभाकाे बैठक बस्दै, यस्ताे छ कार्यसूची
नेपालखोज
२०८० असोज २२ गते ७:३९

काठमाडाैं । प्रतिनिधिसभाकाे बैठक बस्दै छ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसाे ३ः३० बजे बस्ने छन् ।
संङघीय संसद सचिवालयले सार्वजनिक गरेकाे सम्भावित कार्यसूची अनुसार उर्जा, जलस्राेत तथा सिंचाइमन्त्री शक्तिबहादुर बस्नेतले विद्युत विधेयक २०८० माथि विचार गरियाेस् भन्ने प्रस्तावमाथिकाे छलफलमा उठेका प्रश्नहरूकाे जवाफ दिनेछन् ।
साथै, सभामुख देवराज घिमिरेले विद्युत विधेयक २०८० माथि विचार गरियाेस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।
सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार सम्बन्धी पत्रकाे ब्याेहाेरा पढेर सुनाउने संसद सचिवालयले जनाएकाे छ ।
सम्बन्धित
प्रतिक्रिया