विश्व हुलाक दिवसको अवसरमा

सुनिल उलक २०८० असोज २२ गते ८:१३

सन् १८७४ अक्टोवर ९ मा विश्व हुलाक संघको स्थापना भएको थियो । सन् १९६९ मा जापानको टोकियोमा भएको भेलाले यसै दिनलाई विश्व हुलाक दिवशको रुपमा मनाउने निर्णय गर्यो ।

नेपालमा वि.सं. १९३५ मा अर्थात विश्व हुलाक संघ स्थापनाको चार वर्ष पछि राणा प्रधानमन्त्री रणोद्दिप सिंहको पालामा नेपाल हुलाक घरको स्थापना गराई हुलाकको शुरुवात भए पनि हुलाक टिकटको प्रचलन भएको थिएन ।

सो समयमा नगद नै तिर्नु पर्ने ब्यबस्था गराईएको थियो । पछि वि.सं. १९३८ मा जङ्गबहादुरले बेलायतबाट ल्याएको गिद्ध प्रेसमा बेलायतबाट नै ल्याएको कागजमा एक, दुई र चार आनाको श्री गोरखा सरकार लेखिएको हुलाक टिकट छापिएको थियो ।

पछि वि.सं. १९४३ मा सोही टिकट सोही गिद्ध प्रेसमा नेपाली कागजमा छापिएको थियो । यसै वर्षबाट दुई पैसा मुल्यको पोस्ट कार्डको थालनी पनि भयो ।

शुरुमा मात्र ४३ वटा हुलाक घरबाट काम थालेको हुलाक सेवाको हाल देशभर झण्डै ४००० कार्यालय भएको छ ।

प्रतिक्रिया