‘द पोइट आइडल सिजन टु’को डिजिटल अडिसन सुरु
नेपालखोज
२०८० असोज २२ गते १२:३१

काठमाडौं । नेपालकै पहिलो कविता रियालिटी शो ‘द पोइट आइडल सिजन टु’को डिजिटल अडिसन सुरु भएको छ ।
ग्लोबल डिजिटल अडिसन यहि असोज १० देखि कात्तिक १५ गतेसम्म सञ्चालन हुने आइडलका निर्माता तथा निर्देशक अमनप्रताप अधिकारीले बताएका छन् ।
उनको अनुसार अडिसनमा आफ्नै सिर्जनामा रहेको कवितालाई मौलिक शैलीमा वाचन गरिएको कविताको भिडियो पठाउनुपर्नेछ ।कवितामा कम्तीमा ७५ प्रतिशत नेपाली भाषाको प्रयोग भएको हुनुपर्नेछ ।
कविले पठाएको कविता कवि स्वयम्को मौलिक वा सिर्जनामा नभएमा कार्यक्रमबाट निष्कासन हुने आइडलले जनाएको छ । सो भिडियो आइडलको भाइबर, ह्वाट्सएप, इमेल वा म्यासेन्जरमा समेत पठाउन सकिनेछ । कवितासँगै कविको नागरिकताको प्रतिलिपिसमेत पठाउनुपर्नेछ ।
‘द पोइट आइडल सिजन टु’को ग्लोबल अडिसनमा सहभागी हुन १८ वर्ष पूरा भएको वा सोभन्दा माथिको हुनुपर्ने मापदण्ड तोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया