इजरायलमा मृत्यु भएका नेपालीको शोकमा मंगलबार सार्वजनिक बिदा, परिवारलाई १० लाख राहत दिइने
नेपालखोज
२०८० असोज २२ गते १७:१२

काठमाडौं । इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार सार्वजनकि विदा दिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारलाई १०-१० लाख राहत दिने निर्णय पनि गरिएको छ ।
बैठकले त्यहाँ रहेका नेपाल फर्किन चाहने नेपालीलाई यथाशीघ्र ल्याउन कूटनीतिक पहल गर्ने निर्णय पनि गरेको छ ।
सम्बन्धित

प्रतिक्रिया