बंकरका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थलमा सार्यो
नेपालखोज
२०८० असोज २२ गते १७:४०

काठमाडौं । इजरायलको शेदोत नेगेभ र पामे तासाजमा रहेका विद्यार्थीलाई इजरायली सेनाले सुरक्षित स्थानमा सार्न थालेको छ ।
कृषि अध्ययनका लागि बस्ने क्रममा हमासको आक्रमणमा परेका उनीहरु बंकरमा लुक्दै आएका थिए ।
इजरायली सेना, स्थानीय संस्था र गैरआवासीय नेपाली संघको सहायतामा उनीहरुलाई उद्धार थालिएको हो ।
पर्वत पैयु ५ का नारायण भुसालले अनलाइनखबरलाई दिएको जानकारी अनुसार हायात रोडमा रहेका ११ मध्ये नौ जनाको उद्धार भइसकेको छ । बाँकी दुई पनि सुरक्षित स्थलमा लगिने क्रममा छन् ।
सम्बन्धित

प्रतिक्रिया